PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अक्षय कुमारको फिल्म 'गोर्खा'को पोस्टर रिलिज, 'गोर्खा राइफल्स'को कथा पर्दामा आउँदै



पहिलोपोस्ट

अक्षय कुमारको फिल्म 'गोर्खा'को पोस्टर रिलिज, 'गोर्खा राइफल्स'को कथा पर्दामा आउँदै

बलिउड अभिनेता अक्षय कुमार र फिल्म निर्माता आनन्द एल रायले शुक्रवार फिल्म गोर्खाको घोषणा गरेका छन्। भारतीय सेनाको पाचौं गोर्खा राइफल्सका मेजर जनरल इयान कार्डोको जीवनीमा फिल्म आधारित हुनेछ।

सन् १९६२ र १९६५ को इन्डो-पाकिस्तान युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कार्डेको जीवनीमाथि बन्ने फिल्मलाई भारतको नेशनल अवार्ड बिजेता निर्देशक सञ्जय सिंह चौहानले निर्देशन गर्नेछन्। 

फिल्मलाई लिएर अक्षय कुमार निक्कै उत्साहित छन्। हिजो पोस्टर रिलिज गर्दै उनले फिल्ममा युद्ध नायकको भूमिका निर्वाह गर्न पाएकोमा गौरवान्वित भएको उल्लेख गरेका छन्। 

नेपालमा भने, गोर्खा रेजिमेन्टमा नेपालीहरु पनि हुने भएकाले त्यसको सन्दर्भ पनि जोडिनसक्ने प्रतीक्षामा छन्। 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Akshay Kumar (@akshaykumar)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell