PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

रुद्रायणी देवगणले दिए प्रधानमन्त्री देउवालाई प्रसाद, स्थानीयले दिए तोरीको तेल



पहिलोपोस्ट

रुद्रायणी देवगणले दिए प्रधानमन्त्री देउवालाई प्रसाद, स्थानीयले दिए तोरीको तेल
तस्विर : दुर्गाराम महर्जन/ फेसबुक

काठमाडौं : खोकनाको सिकाली जात्रा सम्पन्न भएपछि रुद्रायणी देवगणको तर्फबाट रुद्रायणीको प्रसाद र सगुन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर देवगणहरुले प्रधानमन्त्रीलाई प्रसाद दिएका हुन्। त्यसक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत स्थानीयको पनि उपस्थिति थियो। सिकाली जात्रा सकिएपछि रुद्रायणी देवीको प्रसाद राष्ट्र प्रमुख र सरकार प्रमुखलाई दिने प्रचलन रहँदै आएको छ।

त्यसक्रममा नेपाली कांग्रेस खोकना इकाईका अध्यक्ष दुर्गाराम महर्जनले प्रधानमन्त्रीलाई खोकनामा उत्पादित तोरीको तेल समेत प्रदान गरेका थिए।  

भेटका क्रममा देवगणहरुले रुद्रायणी मन्दिरको पुनर्निर्माण कार्य र १२ वर्षे मेलाका बारेमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

स्थानीयहरुले खोकनामा फास्ट ट्रयाक लगायतका परियोजनाले पारेको असर र स्थानीयको आन्दोलनबारे अवगत गराएका थिए। देउवाले खोकनाको सम्पदामा कुनै असर पुग्ने काम नहुने आश्वासन दिएको दुर्गाराम महर्जनले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell