PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

महाकाली किनारमा पुरुषको शव भेटियो, सनाखत हुन सकेन



पहिलोपोस्ट

महाकाली किनारमा पुरुषको शव भेटियो, सनाखत हुन सकेन

बैतडीः महाकाली किनारमा आज बिहान एक शव फेला परेको छ।

बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो। आज बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।  बैतडी जिल्लाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell