PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

टीकाको दिन बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका युवकको मृत्यु



पहिलोपोस्ट

टीकाको दिन बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका युवकको मृत्यु

काठमाडौं : सप्तरीमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

शुक्रवार दिउँसो सवा ३ बजेतिर सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ८ मिलन चौक स्थित पुर्व पश्चिम लोकमार्गमा दुई वटा सवारी ठक्कर खाँदा सप्तरी बलानबिहुल गाउँपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सप्तरी बलानबिहुलका ३२ वर्षीय अमरनाथ यादवले चलाएको स २ प ३३३३ नम्बरको मोटरसाइकल पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको अवस्थामा सोही दिशाबाट जिल्ला चितवन माडी नगरपालिका वडा नम्बर  ४ बस्ने ३७ वर्षीय सुरेश रिमालले चलाएको ना. ५ ख ९००० नम्बर को बस ठक्कर खाएका थिए।

ठक्कर दिँदा मोटरसाइकल चालक समान्य घाइते भएको र मोटरसाइकल पछाडि सवार प्रमोद मण्डल शक्त घाइते भएका थिए। तत्काल उपचारको लागि सप्तऋषि अस्पताल लहान पठाएकोमा घाइते प्रमोदको अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell