अमेरिका भारतको सबैभन्दा ठूलो 'ट्रेडिङ पार्टनर' बनेको छ। भारतको वाणिज्य विभागको तथ्यांक अनुसार सन् २०२१ को जनवरीदेखि सेप्टेम्बर महिनासम्म भारत र अमेरिकाबिचको द्विपक्षीय व्यापारमा ५० प्रतिशतले वृद्धि भएको छ। दुई देशबिच यस अवधिमा २८ अर्ब डलरको कारोबार भएको छ।
यसै अवधिमा चीनसँग भारतको व्यापार ४६ प्रतिशत बढेको छ। यति वृद्धि हुँदा पनि चीनसँगको कारोबार जम्मा २५.३ अर्ब डलर रहेको छ। यसकारण यसअघिका वर्षमा पहिलो नम्बरको 'ट्रेडिङ पार्टनर' रहेको चीन दोस्रो नम्बरमा पुगेको हो।
वर्षको पहिलो ९ महिना भारतको समग्र व्यापारमा नै ५० प्रतिशत बृद्धि भइ २३१ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ।
यस अवधिमा अष्ट्रेलिया, यूएई तथा बेल्जियम जस्ता देशहरुसँगको ब्यापारमा धेरै वृद्धि भएको देखिएको छ। वाणिज्य विभागको तथ्यांक अनुसार भारतको सबैभन्दा ठूलो कारोबार दक्षिण अफ्रिकासँग भयो। यो ब्यापारमा ९१ प्रतिशत बृद्धि भइ ५.९ अर्ब डलर पुगेको छ।
पछिल्लो समय भारतको अष्ट्रेलिया, बेल्जियम, इन्डोनेशिया, थाइल्याण्ड जस्ता देशहरुसँगको व्यापारमा वृद्धि देखिएको छ।
