PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

साफ च्याम्पियनसीप : उपाधिका लागि भिड्दै नेपाल र भारत



पहिलोपोस्ट

साफ च्याम्पियनसीप : उपाधिका लागि भिड्दै नेपाल र भारत

काठमाडौं : साफ च्याम्पियनसीपको फाइनल खेल सुरु भएको छ। उपाधिका लागि अहिले नेपाल र भारत माल्दिभ्समा भिड्दैछन्।

मुसलधारे वर्षाबिच अहिले खेलाडीहरु मैदानमा प्रतिष्पर्धा गरिरहेका छन्। दुवै टोली आक्रमक शैलीमा प्रस्तुत भएका छन्।

खेलको पहिलो हाफसम्म दुवै टोलीेले गोल गर्न सकेनन्। दुवै टोलीले पोस्टमा धेरैपटक गोल गर्ने प्रयास गरेका थिए। तर, उनीहरु गोल गर्न असफल रहे।

दोस्रो हाफमा भने भारतले अग्रता लिएको छ। भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले खेलको ४८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन्। सुनिलले गोल गरेको दुई मिनेटपछि भारतकै सुरेश सिंहले दोस्रो गोल गरेका छन्।

नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो। भारतले ७ पटकको साफ उपाधि जितिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell