PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ च्याम्पियनसीप फाइनल : भारतसँग ३-० गोल अन्तरले नेपाल पराजित



पहिलोपोस्ट

साफ च्याम्पियनसीप फाइनल : भारतसँग ३-० गोल अन्तरले नेपाल पराजित
Photo : Indian Football Team Twitter

काठमाडौं : साफ च्याम्पियनसीपको उपाधि भारतले जितेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि जितेको हो। यससँगै भारतले ८ पटक साफ उपाधि जितेको छ।

मुसलधारे वर्षाबिच भएको खेलको पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन। दोस्रो हाफको ४९ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। उनको गोल लगत्तै ५० औं मिनेटमा भारतकै सुरेश क्षेत्रीले गोल गरेका थिए। ८९ मिनेटमा भारतका शहल शमदले गोल गर्दै नेपालविरुद्ध ३-० को अग्रता दिलाएका थिए।

खेलको अन्तिम समयसम्म नेपाली खेलाडीहरुले गोल गर्ने धेरै प्रयास गरेपनि उनीहरु असफल रहे।

नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell