PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सुडानमा सेनालाई 'कू' गर्न आग्रह गर्दै प्रदर्शन



पहिलोपोस्ट

सुडानमा सेनालाई 'कू' गर्न आग्रह गर्दै प्रदर्शन
Photo : AFP / BBC

सुडानमा वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट रहेको विपक्षी समूहले सेनालाई 'कू' गर्दै सत्ता हातमा लिन आग्रह गरेको छ। सेनालाई सत्ता नियन्त्रणमा लिन भन्दै उनीहरुले प्रदर्शन समेत गरेका छन्।

सुडानमा राजनीतिक संकट बढ्दै जाँदा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले राष्ट्रपति निवास बाहिर पुगेर प्रदर्शन गरेका हुन्।

सन् २०१९ मा ओमर अल बसिरलाई अपदस्त गरेपछि सुडानमा सेना र राजनीतिक दलको संयुक्त सरकार रहेको छ। तर, गत सेप्टेम्बरमा बसिरको समर्थनमा रहेको सेनाले गरेको असफल 'कू' प्रयासपछि सुडानमा संकट बढेको हो।

सेनाले सरकारमा परिवर्तन माग गरिरहेपछि राजनीतिक दलहरुले त्यसलाई स्वीकार गरेका छैनन्। उनीहरुले सेनाको प्रस्ताव सत्ता कब्जाको प्रयास भएको बताउँदै आएका छन्।

सेना समर्थित प्रदर्शनकारीहरुले भने सुडानी सेनाका प्रमुख जेनरल अबदेल फट्टह अल बुर्हानलाई कू गर्दै सत्ता नियन्त्रणमा लिन आह्वान गरिरहका छन्। बुर्हान संयुक्त सेना-नागरिक सार्वभौम काउन्सिलका प्रमुख समेत हुन्।

यता, सुडानी प्रधानमन्त्री अबदल्लाह हमडोकले संकट अन्त्य गर्न दुई वर्षे रणनीति सार्वजनिक गरेका छन्। तर उनको नीतिहरुको केही महिनायता आलोचना हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell