PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

सिनामंगलमा एक जना मृत भेटिए



पहिलोपोस्ट

सिनामंगलमा एक जना मृत भेटिए

काठमाडौँः काठमाडौंको सिनामंगलमा एक जन मानिस मृत अवस्थामा फेला परेका छन्।

आज बिहान साढे ४ बजेतिर एक मानिस मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए। मृतकको सनाखत भने हुन सकेको छैन।

'कुनै सवारीले ठक्कर दिएर मृत्यु भएको हो की भन्ने आशङ्कामा अनुसन्धान गरिरहेका छौँ,' एसएसपी सिंहले भने। शरीरमा भने ठुलो चोट भने देखिएको छैन।

प्रहरीले दुर्घटना भएको आशङ्का घटनास्थल वरपरको सिसिक्यामरा समेत गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell