PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

घर नजिकै एक महिला मृत फेला, अनुसन्धान भन्दै प्रहरीले श्रीमानलाई समात्यो



पहिलोपोस्ट

 घर नजिकै एक महिला मृत फेला, अनुसन्धान भन्दै प्रहरीले श्रीमानलाई समात्यो

काठमाडौंः तेह्रथुम एक महिला मृत फेला परेकी छिन्।

तेह्रथुमको म्याङलुङ नगरपालिका-९ पाट्टीगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी लिम्बु मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। शनिवार उनी आफ्नै घरदेखि करिब २० मिटर टाढा पानीको खाल्टोमा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनका श्रीमानलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell