PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आइसक्यो : स्वास्थ्य मन्त्रालय



पहिलोपोस्ट

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आइसक्यो : स्वास्थ्य मन्त्रालय
Photo : Positive Parenting

काठमाडौं : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला र बान्ताको संक्रमण नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

असोज १८ गतेदेखि आजसम्म ८८५ जना संक्रमित पहिचान भएको र फेला परेका संक्रमित भएका मध्ये ८१९ जना संक्रमण निको भइ अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कृष्णनगर नगरपालिकाको वडा नम्बर ७,८ र ९ मा संक्रमण देखिएको जनाएको हो।

मन्त्रालयका अनुसार झाडापखाला र बान्ताका कारण ४ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा ४५ वर्षीय पुरुष, ७ वर्षीय बालक, ५ वर्षीया बालिका र २ वर्षीय बालक रहेका छन्।

मन्त्रालयले हाल झाडा पखाला र बान्ताको प्रकोप नियन्त्रणमा आइसकेको भएपनि उक्त प्रकोपलाई फैलिन थप नदिन र पूर्ण रुपमा नियन्त्रणमा ल्याउन खानेपानी र सरसफाईमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell