PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मन्त्री बनेपछि पहिलो पटक गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही जाँदै



पहिलोपोस्ट

मन्त्री बनेपछि पहिलो पटक गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही जाँदै

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाण आज गृह जिल्ला रुपन्देही जाने भएका छन्। २९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन्।

बिहान ९ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा जाने निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्कनु अगाडि गृहमन्त्री खाणले जिल्लाका विभिन्न स्थानमा आयोजित चार कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यस्तै आफ्नो मणिग्रामस्थित निवासमा पनि पुग्ने कार्यक्रम तय भएको छ।

भैरहवा पुगेपछि बिहान ११ बजे भैरहवामा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्ने छन्।

त्यसपछि साढे एक बजेसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्लाका कार्यालय प्रमुखहरूसँग भेटघाट गर्ने कार्यपालिका तय भएको छ। कार्यालय प्रमुखहरूसँगको भेटघाट सकिएपछि आफ्नो मणिग्रामस्थित निवासमा पुग्नुहुनेछ।

त्यसपछि ५ बजे भैरहवा विमानस्थलमा फर्किएर काठमाडौँ फर्कने कार्यपालिका तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell