PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

जम्मू कश्मीरमा एक हप्तादेखि सेना र चरमपन्थीबिच मुठभेड जारी



पहिलोपोस्ट

जम्मू कश्मीरमा एक हप्तादेखि सेना र चरमपन्थीबिच मुठभेड जारी
Photo : ANI

भारतको केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा गत सोमवारदेखि सेना र चरमपन्थी विद्रोहीहरुबिच मुठभेड चल्दैछ। सीमावर्ती क्षेत्र पुंछमा सात दिनदेखि भइरहेको मुठभेडमा ९ जनाको सैनिकको मृत्यु भइसकेको छ।

सेनाले गत सोमवारदेखि पुंछभन्दा केही टाढा रहेको सरनकोटबाट चरमपन्थीविरुद्ध कारवाही सुरु गरेको थियो। अभियानको पहिलो दिन नै सेनाको पाँच जवानको मृत्यु भएको थियो। दुई दिनपछि भएको झडपमा थप दुई सैनिकको मृत्यु भएको बताइएको छ।

सेनासँगको मुठभेडमा २० भन्दा बढी आतंककारी मारिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell