PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको संख्या बढ्दै,उत्तराखण्डमा 'हाइअलर्ट' जारी



पहिलोपोस्ट

भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको संख्या बढ्दै,उत्तराखण्डमा 'हाइअलर्ट' जारी
Photo : AFP/Getty Images

भारतमा केरलामा बाढीका कारण जनजीवन प्रभावित भएको छ। शुक्रवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण हालसम्म २७ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

बाढीसँगै आएको पहिरोका कारण कतिपय स्थानमा सडकमार्ग अवरुद्ध भएका छन्। बाढीमा परी धेरैजना घाइते भएको र दर्जनौं व्यक्ति हराइरहेका छन्।

प्रहरीले सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यका साथै बेपत्ताहरुको खोजीका लागि 'सर्च अपरेशन' संचालन गरिरहेको छ।

यस्तै, उत्तराखण्डमा पनि बाढी पहिरो आउन सक्ने भन्दै 'रेड अलर्ट' जारी गरेको छ। हाल उत्तराखण्डमा भारी वर्षा भइरहेको बताइएको छ। मध्यप्रदेशमा पनि पछिल्लो २४ घण्टायता वर्षा भइरहेको छ। त्यहाँ पनि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

भारतको मौसम विभागले दिल्लीमा पनि भारी वर्षा भइरहेको बताएको छ। साथै, उत्तर प्रदेश र हरियाणामा पनि भारी वर्षा हुन सक्ने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell