PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

नुवाकोटको माने गाउँमा बस दुर्घटना ३० जना घाइते, घाइतेको उद्धार हुँदै



पहिलोपोस्ट

नुवाकोटको माने गाउँमा बस दुर्घटना ३० जना घाइते, घाइतेको उद्धार हुँदै

काठमाडौंः नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन्।

किस्पाङ गाउँपालिका ५ स्थित माने गाउँ भन्ने ठाउँमा बस दुर्घटना भएको हो।  बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना हुँदा ३०जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए।

'अहिले घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको छ। ३० जनालाई अस्पताल ल्याएको छ। अरू पनि घाइते छन् भन्ने बुझिएको छ,' प्रवक्ता ओलीले भने।

३० जना मध्ये ७ जना गम्भीर घाइते भएका छन् भने अरूको अवस्था सामान्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell