PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मोहन वैद्य भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड



पहिलोपोस्ट

मोहन वैद्य भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड

काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि वैद्यलाई आइतवार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। दम रोगबाट पीडित उनलाई थप समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो।

आज अस्पताल पुगेर प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थाबारे चिकित्सक र परिवारसँग जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell