PahiloPost

Nov 13, 2025 | २८ कात्तिक २०८२

मलेसियामा एक नेपालीको मृत्यु



रासस

मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं : वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्। 

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए। जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ।

मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell