PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सकियो माओवादीको दशैं विदा : पेरिस डाँडामा राष्ट्रिय सम्मेलनबारे छलफल



पहिलोपोस्ट

सकियो माओवादीको दशैं विदा : पेरिस डाँडामा राष्ट्रिय सम्मेलनबारे छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा राष्ट्रिय सम्मेलनबारे छलफल भएको छ। दशैं विदापछि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पुस महिनामा हुने सम्मलेनको तयारीबारे छलफल भएको हो।

सोमवार बसेको बैठकमा प्रदेश र स्थानीय सम्मेलन र सदस्यता नवीकरणका बारेमा बैठकमा छलफल भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। बैठकमा विविध विषय छलफल भए पनि कुनै टुंगोमा भने नपुगेको उनले बताए।

साहका अनुसार मंगलवार विहान ८ बजेका लागि अर्को बैठक बोलाइएको छ। उक्त बैठकमा सम्मेलनबारे निर्णय हुने उनले बताए।  

माओवादी केन्द्रले एमालेसँगको एकता टुंगिएसँगै पार्टीले पुनर्संरचना गर्ने बताएको छ। त्यसका लागि माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरिसकेको छ भने कमिटी बिस्तारको रणनीति बनाएको छ।

माओवादी केन्द्रको संगठन विभागले तयार पारेको योजना अनुसार ३० लाख पार्टी सदस्य बनाउने पार्टीको नीति छ। नेपाली कांग्रेस र नेकपा एमाले भन्दा ठुलो पार्टी बनाउने योजना माओवादी केन्द्रको स्थायी कमिटीको यसअघिका बैठकले अनुमोदन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell