PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्यो, अब गाडी चढ्ने बित्तिकै १८ रुपैयाँ



पहिलोपोस्ट

बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्यो, अब गाडी चढ्ने बित्तिकै १८ रुपैयाँ

काठमाडौंः बागमती प्रदेशमा संचालन हुने सार्वजनिक सवारीसाधनको सोमबारदेखि भाडा बढेको छ।

कार्तिक १ गतेदेखि लागु हुने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते भाडा समायोजन गर्ने निर्णय गरेको हो। अब बागमती प्रदेश भित्रका छोटो दुरीमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ।

५ किमीसम्म यात्रा गर्न १८ रुपैयाँ तोकिएको छ। १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमी सम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ। १० वटा सुचकलाई आधार मानेर भाडा बढाइएको हो।

लामो तथा मध्यमदुरीका सवारीसाधनका लागि केन्द्र सरकारले असार २९ गते २८ प्रतिशतसम्म भाडादर बढाइसकेको छ।

बागमती  प्रदेशमा १५ केजीसम्म निशुल्क सामान/गुण्टा निशुल्क छ। सोभन्दा बढी १० केजीसम्म  ५ रुपैयाँका दरले भाडा भुक्तानी गरी सवारीसाधन उत्पादक कम्पनीले तोकेको सरसामान/गुण्टा लिइ यात्रा गर्न पाइने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell