PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर दुईवटा भूकम्प



पहिलोपोस्ट

सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर दुईवटा भूकम्प

काठमाडौं : सिन्धुपाल्चोकको पाङफुङलाई केन्द्र बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार पाङफुङलाई केन्द्र बनाएर आजै दुईवटा भूकम्प गएको हो। पहिलो भूकम्प दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ म्याग्निच्युडको गएको उनले बताए। ४.७ म्याग्निच्युडकै दोस्रो भूकम्प पनि १ बजेर ५६ मिनेटमा गएको अधिकारीले बताए।

दुवै भूकम्प गोरखा भूकम्पकै परकम्प रहेको केन्द्र जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell