PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको उद्धार हेलिकोप्टरबाट गरिँदै



पहिलोपोस्ट

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको उद्धार हेलिकोप्टरबाट गरिँदै

काठमाडौः लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

वर्षातका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक÷एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन्। केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरू बिचमा थुनिएको खबर आएको पाण्डेले बताइन्।

मन्त्री खाणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढङ्गले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell