PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

सुदूरपश्चिममा बाढीपहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता



पहिलोपोस्ट

सुदूरपश्चिममा बाढीपहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौंः आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार डोटीमा दुइ जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो। त्यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन्। कैलालीमा बेपत्ता भएका १ जनाको खोजी भइरहेको प्रहरीले जानकरी दिएको छ।

भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

बाढी पहिरोको कारण म्याग्दी, कैलाली, डोटी, अछाम, बझाङ लगायतका स्थानमा सडक अवरुद्ध भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell