PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

दक्षिणकालीमा एक पुरुष मृत भेटिएः सँगै बस्ने साथी फरार, खोजी गर्दै प्रहरी



पहिलोपोस्ट

दक्षिणकालीमा एक पुरुष मृत भेटिएः सँगै बस्ने साथी फरार, खोजी गर्दै प्रहरी

काठमाडौंः काठमाडौंको दक्षिणकाली नगरपालिका ५ मा एक पुरुष मृत अवस्था फेला परेका छन्।

आज बिहान घरभित्र नै मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सोलुखुम्बु घर भएका ५२ वर्षीय प्रीतिकुमार राई मृत भेटिएका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुनसक्ने देखिएको छ।

'टाउकामा गम्भीर चोट लागेको छ। त्यसैले हत्या भएको हुनसक्ने देखिन्छ। थप अनुसन्धान गरिरहेको छौँ,' महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी ठाकुरप्रसाद पोखरेलले भने।

उनीसँगै कोठामा बस्दै आएका अर्का साथी भने फरार भएका छन्। प्रहरीले ४५ वर्षीय पासाङ शेर्पाको खोजी गरिरहेको छ। उनीहरू मजदुरी गर्दै आएका थिए।  बिहान ७ बजेतिर घरधनीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell