PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

छानबिन समिति बन्ने भएपछि अनसनरत रुबी खानले तोडिन् आमरण अनसन

छानबिन समिति बन्ने भएपछि अनसनरत रुबी खानले तोडिन् आमरण अनसन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छिन्।

आज दिउँसो सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि १३ दिन लामो आमरण अनसन तोडेकी हुन्। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।

सरकार र उनीबीच गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएपछि खान आमरण अनसन तोड्न सहमत भएकी थिइन्। अनसन तोडाउन वाग्मती प्रदेशकी पूर्व प्रमुख अनुराधा कोइरालासमेत पुगेकी थिइन्। खान बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ताको सत्यतथ्य छानबिन गर्न माग राख्दै आमरण अनसन बसेकी थिइन्।

उनको नेतृत्वमा बाँकेबाट पैदलै महिला अधिकारकर्मी काठमाडौं आइपुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell