PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोरङको सिटिजन्स बैंक लुट्ने थप एक जना भारतीय पक्राउ, तीन दिनअघि सोही समूहले अर्को लुटपाट गरेको खुल्यो



पहिलोपोस्ट

मोरङको सिटिजन्स बैंक लुट्ने थप एक जना भारतीय पक्राउ, तीन दिनअघि सोही समूहले अर्को लुटपाट गरेको खुल्यो

काठमाडौं : असोज २५ दिउँसो मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंक लुट्ने थप एक जनलाई प्रहरीले पक्राउ गरेको छ।

भारत अररिया फारवेसगञ्ज १० बस्ने २० वर्षीय रोशन यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सुनवर्षी नगरपालिका वडा नम्बर ८ सिक्टी, नेपाल चोक नजिक सिमावर्ती क्षेत्रबाट सोमबार नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

असोज २५ गते दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंकमा रहेको रकम लुटेर फरार भएका थिए। बैंकका सुरक्षागार्ड सितल कुमारलाई गोली प्रहार गरी बैंकको काउन्टरमा रहेको रकम लुटेका थिए। बैंकमा रहेको २१ लाख रकम लुटेको प्रहरीलाई बैंक प्रशासनले जानकारी दिएको मोरङ प्रहरीले जनाकारी गराएको थियो। 

लुट प्रकरणलगत्तै प्रहरीले तीन जनालाई पक्राउ परेको थियो। उनीहरुलाई भाग्दाभाग्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने  ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने  २८ वर्षीय सुनिल यादव र ३० बिजय सहनीलाई नियन्त्रणमा लिएको थियो। घटनामा अन्य केही मानिसको संलग्नता रहेकाले प्रहरीले खोजी गरिरहेको छ।

सोही समुहले असोज २२ गते  मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल मल अगाडी रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका सञ्चालकलाई हातहतियार देखाए १२ हजार रुपैयाँ लुटपाट गरेको समेत खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell