PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

डोटीमा पहिरोले घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु



रासस

डोटीमा पहिरोले घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु

डोटी : तीन दिनदेखिको लगातारको वर्सातका कारण जिल्लाको सायल गाउँपालिका-६ मेल्लेखमा पहिरोले घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सायल-६ मेल्लेखका सागर कुन्जेडा र आशिष कुन्जेडा छन्।

जिल्ला प्रहरी कार्यालयका सह-प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्सातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो। च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ।

जिल्लामा वर्सातका कारण विभिन्न ठाउँमा क्षति भएका भए पनि सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्रप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell