PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डोटीमा पहिरो, बाढी र खोलाले बगाउँदा सात जनाको ज्यान गयो



पहिलोपोस्ट

डोटीमा पहिरो, बाढी र खोलाले बगाउँदा सात जनाको ज्यान गयो

काठमाडौः डोटीमा पहिरोमा पुरिदा ७ जनाको मृत्यु  भएको छ। आइतवारदेखि आएको बाढी र पहिरोमा परेर ७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जानकारी गराएको छ।

जोरायल गाउँपालिका ३ बस्ने ६० वर्षीय जोगी सार्कीको घर पुरिदाँ उनको मृत्यु भएको हो। त्यस्तै जोरायल गाउँपालिका ४ शेरबहादुर विकको घर पुरिदा उनी सहित ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शिखर नगरपालिका बस्ने ३६ वर्षीय मन्धरा बलायरको पनि पहिरोमा पर्दा मृत्यु भएको हो। हिंडिरहेको अबस्थामा माथि बाट माटो सहितको ढुङ्गा खस्दा घाइते भएकी बलायरको उपचारको क्रममा मृत्यु भएको हो। सायल गाउँपालिका बस्ने ३४ वर्षीय बिरे रोकायको खोला तर्ने क्रममा बगाएर मृत्यु भएको छ।

त्यस्तै सायल गाउँपालिका ५ बस्ने हिरुवा लोहारको  घर भत्किएर पुरिदाँ मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell