PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध अहिले पनि दैनिक ४०/५० जना उजुरी लिएर प्रहरीकहाँ पुग्दै, चार अर्बभन्दा बढी रकम गुमाएको दावी



पहिलोपोस्ट

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध अहिले पनि दैनिक ४०/५० जना उजुरी लिएर प्रहरीकहाँ पुग्दै, चार अर्बभन्दा बढी रकम गुमाएको दावी

काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष तथा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध प्रहरीमा उजुरी आउने क्रमम बढेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)मा दैनिक ४०/५० जना अहिले पनि आफू ठगिएको भन्दै उजुरी लिएर जाने गरेका छन्। दशैं सकिएपछि उजुरीको सङ्ख्या अझै बढ्नसक्ने प्रहरीको अनुमान छ।

'पक्राउ परेको केही दिन त दैनिक २ सय जतिले उजुरी लिएर आए। त्यसपछि दशैं विदा पनि भयो । अहिले पनि ४०/५० जना उजुरी लिएर आउँछन्,' केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता एसपी श्याम महतोले भने।

मंगलवारमात्र पूर्व अध्यक्ष तामाङ विरुद्ध ४४ जनाले उजुरी गर्दा गराएका थिए।

सिभिल ग्रुप मातहतका २० भन्दा धेरै कम्पनीका सञ्चालक तामाङलाई प्रहरीले असोज १९ गते सहकारी ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो। उनीसँगै अन्य ११ जनालाई समेत पक्राउ परेका थिए। पक्राउ पर्नेहरूमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायानानी महर्जन, जुनियर असिस्टेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक छन्।

त्यस्तै, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पनि पक्राउ परेका हुन्।

सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ इच्छाराजका आफन्त हुन्। उनी नातामा मामा ससुरा पर्छन् तामाङको। उनीहरूले सिभिल क्रेडिट एन्ड सहकारी मार्फत् सयौँ निक्षेपकर्ता ठगी गरेको उजुरी परेको थियो। सुरुमा ७५ जनाले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि उजुरी आउने क्रम बढ्दै गएको थियो।

अहिलेसम्म तामाङविरुद्ध १ हजार ६१ जनाको उजुरी परेको छ। उनले ४ अर्ब ४५ करोड ३२ लाख ३४ हजार ९ सय ५६ रुपैयाँ ठगी गरेको भन्दै विगो दाबी गरिएको छ।

इच्छाराजले २०५७ सालमा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलेका थिए। उनी नै सहकारीको अध्यक्ष समेत भए। त्यतिखेर उनी ऋण उपसमितिका प्रमुख पनि थिए।

सिभिल ग्रुप नेपालमा चलेको व्यापारिक घराना बनिसकेको थियो। व्यावसायिक विस्तारमा तीव्र रफ्तारमा रहेको यो घरानाका मुलि अर्थात् इच्छाराजले सिभिल होम, सिभिल स्टेट र सिभिल अपार्टमेन्टका नाममा सहकारीबाट धितो नै नराखी ८ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएको देखिएको छ। वित्तीय अनुशासनका हिसाबमा उनको ऋण लिने शैली पूर्णत गैर कानुनी हो।

सिभिल सहकारीमा हाल ३ हजार भन्दा धेरै निक्षेपकर्ता रहेकोमा अहिले २२ सय बढी निक्षेपकर्ता सक्रिय रहेको देखिएको छ। तीमध्ये अधिकांश ठगिएका छन्। सहकारीले विभिन्न खाले चिठ्ठाको प्रलोभन देखाउँदै रकम संकलन गरेको खुलेको थियो। तामाङ नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य समेत रहेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell