काठमाडौं : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य आज स्वदेश फर्किँदैछन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै उनी नेपाल फर्किन लागेका हुन्।
सरकार परिवर्तन भएसँगै देउवा सरकारले केपी शर्मा ओली सरकारको समयमा राजनीतिक नियुक्ती पाएर राजदूत बनेकालाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा सरकारले फिर्ता बोलाएका राजदूतहरुमा आचार्य पनि परेका हुन्।
नेपाल फर्किनुअघि राजदूत आचार्यले भारतका विभिन्न राजनीतिक दलका नेता एवम् भारतमा रहेका अन्य देशका राजदूतहरुसँग भेट गरेका थिए। मंगलवार आचार्यले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेका थिए। यस्तै, उनले भारतीय विदेश राज्यमन्त्री भी मुरलिधरन, विदेश सचिव अरिनदम बाग्छी लगायतसँग पनि विदाई भेट गरेका थिए।
करिब अढाई वर्ष भारतमा रहेका आचार्यले सीमा विवादका बारेमा भारतीय सत्ता पक्षसँग अडान राख्न नसकेको भन्दै आलोचना भएको थियो। खासगरी लिम्पियाधुरा-लिपुलेकी र महाकाली तुईन घटनाका बारेमा उनले कुनै भूमिका खेल्न नसकेको भन्दै आलोचना भएको थियो।