PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

उत्तराखण्डमा १२४ वर्षमा सबैभन्दा धेरै वर्षा : ४६ जनाको मृत्यु



पहिलोपोस्ट

उत्तराखण्डमा १२४ वर्षमा सबैभन्दा धेरै वर्षा : ४६ जनाको मृत्यु
Photo: BHARTI JOSHI/BBC HINDi

भारतको उत्तराखण्डमा अविरल वर्षासँगै कुमाउँ क्षेत्रमा जनजीवन प्रभावित भएको छ। वर्षाबाट सबैभन्दा बढी असर चर्चित पर्यटकीय स्थल नैनीतालमा परेको बीबीसी हिन्दीले जनाएको छ।

मंगलवार नैनीताल वरपरका सबै सडक जलमग्न भएका थिए। अहिले पनि त्यहाँको जलस्तर उच्च विन्दुमा रहेको बताइएको छ। हाल भने सडकहरु संचालनमा आएको छ।

भारतको मौसम विभागका अनुसार १२४ वर्षमा उत्तराखण्डको कुमाउँमा हालससम्मकै धेरै वर्षा भएको हो। यस क्षेत्रमा रहेको कोशी, गौला, रामगंगा, महाकालीका साथै अन्य नदीहरुको जल सतह पनि 'रेकर्ड लेभल'मा बढेको छ। उत्तराखण्डको विभिन्न स्थानमा बाढी पहिरो गएको बताइएको छ। बाढी पहिरोका कारण धेरै घरहरुमा क्षति पुगेको छ।

कुमाउँ प्रहरीका अनुसार हालसम्म ४६ जनाको मृत्यु भइसकेको छ। बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell