PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

१७ वर्षअघि पुतलीसडकमा पार्किङको विषयमा झगडा हुँदा हत्या गरेको अभियोगमा नरसिंह राणा समातिए



पहिलोपोस्ट

१७ वर्षअघि पुतलीसडकमा पार्किङको विषयमा झगडा हुँदा हत्या गरेको अभियोगमा नरसिंह राणा समातिए

काठमाडौंः १७ वर्षअघि काठमाडौंको पुलतिसडकमा एक युवकको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले प्युठानको मल्लरानी गाउँपालिका घर भई वडा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ धुम्बाराही बस्ने  ४१ वर्षीय शनी नरसिंह राणा नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

२०६१ पुस २२ गते दिउँसो ४ बजे २८ पुतलीसडक स्थित एकता प्रेस छापाखानाका सञ्चालक दोलखा भीमेश्वर नगरपालिका घर भएका ३१ वर्षीय अर्जुन भन्ने खिम बहादुर शिवाकोटीको हेलमेट, फलामको रड र चिया पकाउने भाँडोले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू बिच मोटरसाइकलमा आएका राणा र अर्का व्यक्तिहरूसँग पार्किङको विषयमा सामान्य विवाद भएको थियो। कुटपिट गरी घाइते बनाएर उनीहरू फरार भएका थिए।घाइते शिवाकोटीको उपचारको वीर अस्पताल उपचारको क्रममा मृत्यु भएको थियो। 

घटनामा संलग्न व्यक्तिहरू खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बा१६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल आई कुटपिट गरेको भन्ने खुलेको थियो। मोटरसाइकल धनी ईश्वरी राणा भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell