PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सिरियाको राजधानीमा आतंककारी आक्रमण : सैनिक बसमा विस्फोट हुँदा १३ जना मारिए



पहिलोपोस्ट

सिरियाको राजधानीमा आतंककारी आक्रमण : सैनिक बसमा विस्फोट हुँदा १३ जना मारिए
Photo : Reuters

सिरियाको दमस्कसमा सेनाको बसमा विस्फोट भएको छ। आतंकवादीहरुले बसमा दुईवटा विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

मध्य दमस्कसको एक पुल मुनिबाट बस गइरहेको बेलामा विस्फोट गराइएको हो। उक्त विस्फोट 'आतंकाकारी आक्रमण' भएको बताइएको छ।

सिरिया पछिल्लो एक दशकयता गृहयुद्धमा रहेपछि राजधानी दमस्कसमा कम संख्यामा मात्रै आक्रमण हुने गरेका छन्। राजधानीमा यस्ता आक्रमण 'दुर्लभ घटना' भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell