PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

प्रचण्डको माग : कृषि सहायता कोष बनाएर किसानलाई राहत



पहिलोपोस्ट

प्रचण्डको माग : कृषि सहायता कोष बनाएर किसानलाई राहत

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित किसानलाई राहात दिन सरकारसँग माग गरेका छन्। बुधवार विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रभावितका लागि कृषि सहायता कोष खडा गरेर क्षतिपूर्ति दिन आग्रह गरे।

'बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु,' विज्ञप्तिमा भनिएको छ।

धानवाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको भन्दै उनले आफ्नो ध्यानकर्षण भएको बताएका हुन्। विपदमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली दिँदै प्रचण्डले बाढीपहिरोमा परी बेपत्ता भएकाको चाँडो उद्दार गर्न सरकारसँग आग्रह गरे।

'यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गर्दछु,' प्रचण्डले भनेका छन्।

असोज ३१ गतेदेखि सुरु भएको लगातारको झरीका कारण मुख्यगरी सुदुरपश्चिम र प्रदेश नम्बर १ मा बढी प्रभाव परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell