काठमाडौं:आइतवारबाट परेको अविरल वर्षाका कारण बाढी पहिरोले देशभर हालसम्म ४८ जनाको ज्यान गएको छ।
असोज ३१ गते आइतबारबाट सुदूरपश्चिम लगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान, धनकुटा लगायत ११ जिल्लामा ४८ जनाको मृत्यु भएको हो।
सबैभन्दा धेरै इलाममा ११ जनाको मृत्यु भएको छ। त्यस्तै डोटीमा ९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ। कालिकोटमा १ जना, बैतडीमा ४ जना, डडेलधुरा १ जना, हुम्लामा ६ जना, प्युठानमा १ जना, धनकुटामा ६ जना, सुनसरीमा २ जना, पाँचथरमा ६ जना र उदयपुरमा १ जनाको मृत्यु भएको हो।
त्यस्तै बाढी पहिरोमा परेर ३१ जना बेपत्ता भएका छन्। २३ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ
