PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

एमालेको बाढीलाई कसैले रोक्न सक्दैन : ओली



पहिलोपोस्ट

एमालेको बाढीलाई कसैले रोक्न सक्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो अर्को पार्टी नेपालमा नभएको दाबी गरेका छन। वाग्मती प्रदेश कमिटीलाई सम्बोधन गर्दै ओलीले एमालेको जस्तो नीति तथा कार्यक्रम अरु कुनै पनि पार्टीमा नभएको बताए।

उनले एमालेले सहकारी मार्फत आर्थिक सशक्तिकरणको अभियान चलाएको बताए। भने,'नेकपा एमाले जस्तो अर्को पार्टी छैन। यसका उद्धेश्य छन्, कार्यक्रम छन।'

उनले नेपालको विकासमा केही पार्टीले धक्का पुर्‍याएको आरोप लगाउँदै नेकपा एमालेलाई अबको चुनावमा कसैले पनि रोक्न नसक्ने जिकिर गरे।

'एमालेको बाढीलाई कसले छेक्न सक्छ ? वाग्मती प्रदेश राजधानी भएको प्रदेश हो। यसलाई त्यस अनुरुपले योजनावद्ध रुपमा काम गर्नुहोला,' उनले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell