PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

शाहरुख खानका छोरा आर्यनले पाएनन् जमानत, अभिनेत्रीसँगको ह्वाट्स एप च्याटबारे छानबिन हुँदै



पहिलोपोस्ट

शाहरुख खानका छोरा आर्यनले पाएनन् जमानत, अभिनेत्रीसँगको ह्वाट्स एप च्याटबारे छानबिन हुँदै

लागु ‌औषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत अदालतले खारेज गरेको छ। अदालतले आर्यन सहित अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई जमानत दिन अस्विकार गरेको हो।

अक्टोबर ३ मा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनको १४ दिनको न्यायिक हिरासत भोलिबाट सकिदैँछ। यसअघि पनि दुईपटक जमानत आदेश अस्विकार भइसकेको थियो। आज भएको सुनुवाईमा आर्यनलाई अदालतले जमानत दिन अस्विकार गरेको हो।

नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी) ले आर्यनको एक अभिनेत्रीसँग ह्वाट्सएप च्याट भेटाएको थियो। उक्त कुराकानी ड्रग्ससँग सम्बन्धित रहेको एमसीबीको दाबी छ। उक्त दाबीलाई एनसीबीले १४ अक्टोबर नै अदालतमा बुझाएको थियो। जसकारण पनि आर्यनले जमानत पाउन नसकेको भारतीय समाचार माध्यममा उल्लेख छ।

अक्टोबर ३ मा मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई एनसीबीले पक्राउ गरेको थियो। छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell