PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

देउवाको कामप्रति पौडेलको रोष : बाढी प्रभावितलाई सरकार भएको आभास दिलाउनुस्



पहिलोपोस्ट

देउवाको कामप्रति पौडेलको रोष : बाढी प्रभावितलाई सरकार भएको आभास दिलाउनुस्

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको ध्यानाकर्षण गराएका छन्। बाढी पहिरो प्रभावितलाई सरकार भएको आभास नभएको भन्दै पौडेलले देउवा सरकारप्रति रोष प्रकट गरेका हुन्।

असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति सरकार गम्भीर हुनपर्ने भन्दै पौडेलले देउवाको ध्यानकर्षण गराएका हुन।

विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह गरेका छन। विपतमा परेका नागरिकलाई सरकार भएको आभास दिनुपर्ने माग उनले गरेका छन्। पौडेलले बुधवार सामाजिक संजालमार्फत आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरी काम गर्न आग्रह गरेका हुन्।

अप्रत्याशित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनाएको भन्दै अन्नभण्डारका रुपमा रहेको तराईका किसानको धानबाली नष्ट भएको उनले उल्लेख गरेका छन् ।

'सरकार छ भन्ने आभास दिने गरि आफ्नो सम्पुर्ण ध्यान तत्काल उद्धार र राहतका लागि केन्द्रीत गर्नु आवश्यक छ। विपतमा परेका नागरिकले सरकार छ भन्ने आभास दिने गरि काम अगाडि बढाउन मैले प्रधानमन्त्रीसँग आग्रह गरेको छु,' पौडेलले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell