PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित



रासस

सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित
फाइल फोटो।

काठमाडौं : विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगन कुमार थापा निर्वाचित भएका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा थापा सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन्। बोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन्।

उनले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताएका छन्।

उनले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गरेका छन्। नेपाली कांग्रेसबाट उम्मेद्वार भई काठमाडौंको क्षेत्र नम्बर ४ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

 

सञ्जालको बोर्ड सदस्यमा उत्तरी अमेरिका, युरोप र मध्य एसियाबाट बेलायतका सांसद लियाम बर्न, पोर्चुगलका सांसद डा रिकार्डो बाप्टिस्टा लेइटे र स्पेनका सांसद एन्टोनियो अलार्को निर्वाचित भएका छन्।

दक्षिण एसियाबाट नेपालका सांसद थापा तथा अफ्रिका क्षेत्रबाट नाइजेरियाका सांसद प्रा स्टीफन सिनिकिम अजिकी, घानाका सांसद कोलिन्स एडोमाको-मेन्साह र आइभोरी कोस्टका सांसद आइ मड्जारा टिग्बाना कोलीबेली निर्वाचित भएका छन्।

त्यस्तै, ल्याटिन अमेरिका र क्यारिबियनबाट जमैका सांसद तथा महान्यायाधिवक्ता मार्लिन मलाहु फोर्ट निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell