PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

प्रहरीको हुन्डी अपरेसन: एक युवकको साथमा स्रोत नखुलेको ३० लाख, उनकै कोठामा ५० लाख रुपैयाँ भेटियो



पहिलोपोस्ट

प्रहरीको हुन्डी अपरेसन: एक युवकको साथमा स्रोत नखुलेको ३० लाख, उनकै कोठामा ५० लाख रुपैयाँ भेटियो
फाइल फोटो

काठमाडौः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई  पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त ठिमी बाट खटिएको टोलीले बुधवार राति मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई पक्राउ गरेको हो।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएको प्रहरीले मगरले चलाएको बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो। त्यसपछि मगर बस्ने कोठाको तलासी गर्दा थप ५० लाख रुपैयाँ भेटिएको प्रहरीले जानकारी दिएको छ।

उनलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell