PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

कोभिड १९ : भारतले २७८ दिनमा पूरा गर्‍यो १०० करोड डोज खोप दिने लक्ष्य



पहिलोपोस्ट

कोभिड १९ : भारतले २७८ दिनमा पूरा गर्‍यो १०० करोड डोज खोप दिने लक्ष्य

भारतमा कोरोना भाइरसविरुद्ध १०० करोड डोज खोप नागरिकलाई प्रदान गरिएको छ। भारतले जनवरी १६ देखि खोप दिन सुरु गरेको थियो। २७८ दिनमा नै भारतले १०० करोड डोज खोप दिने लक्ष्य पूरा गरेको हो।

भारतमा हालसम्म ३० प्रतिशत अर्थात करिब ३० करोडले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७० करोड भन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन्।

भारतले सन् २०२१ को अन्त्यसम्म १०० करोड नागरिकलाई खोपको पूर्ण मात्रा दिने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न भारतले खोप कार्यक्रमलाई थप तिब्र बनाउन पर्ने विज्ञहरुले बताएका छन्।

१०० करोड डोज खोप दिने भारत विश्वकै दोस्रो राष्ट्र हो। गत जुन महिनामा चीनले विश्वमै पहिलोपटक १०० करोड डोज खोप आफ्ना नागरिकहरुलाई दिने लक्ष्य पूरा गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell