PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दिपायलमा देउवा : बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी



पहिलोपोस्ट

दिपायलमा देउवा : बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी
Photo : PMO NEPAL

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्। बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी दिपालय पुगेका हुन्।

दिपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्।

सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्।

आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा २८ जनाको मृत्यु भइसकेको छ भने कैयन् धानबालीमा क्षति पुगेको छ। बाढीका कारण केही मानिसहरु अझै बेपत्ता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell