PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भारतमा सुपरम्यानलाई किन भनिँदैछ 'एन्टी इन्डिया'?



पहिलोपोस्ट

भारतमा सुपरम्यानलाई किन भनिँदैछ 'एन्टी इन्डिया'?

डिसी कमिक्समा आधारित एनिमेटेड फिल्म 'इन्जस्टिज' को अहिले भारतमा निकै आलोचना भइरहेको छ। 

उक्त फिल्मको भनिएको भिडियो क्लिपमा कश्मीरलाई एक विवादित क्षेत्रको रुपमा देखाइएको र सुपरम्यान र वान्डर वुमनले कश्मीरको सैन्य क्षेत्र र त्यहाँका सैनिक उपकरणहरु नष्ट गरेको देखाइएको भन्दै विरोध भएको हो। उक्त क्लिपमा कश्मीर क्षेत्रलाई हतियार मुक्त क्षेत्रको रुपमा घोषणा गरिएको देखाइएको छ।

यो भिडियो भाइरल भएसँगै सुपरम्यानसहित अन्य सुपरहिरो र वन्डर वुमन सहितका क्यारेक्टर समावेश गरिएको फिल्मको हाल भारतमा आलोचना भइरहेको छ। सामाजिक संजाल प्रयोगकर्ताहरुले फिल्म बहिस्कार गर्नुपर्ने भन्दै अभियान नै चलाएका छन्। उनीहरुले सुपर म्यानलाई भारत विरोध (एन्टी इन्डिया) भन्दै विरोध गरिरहेका छन्।

भारतीय ट्विटर प्रयोगकर्ताहरु 'ह्यासट्याग एन्टी इन्डिया सुपरम्यान' अभियान चलाएका छन्। उक्त अभियान हाल ट्वीटरमा ट्रेन्ड भइरहेको छ।

जी न्युजका सम्पादक सुधिर चौधरीले भारतको कश्मीरमा सुपरम्यानको के काम भन्दै भारत र भारतीय सेनाको छवि बिर्गाने दृश्यहरु परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले आफ्नो एउटा शो नै यही फिल्मको आलोचना गर्दै प्रशारण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell