PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एमालेमा प्रवेश गर्ने बारेमा ओलीसँग कुरा भएको छैन : करिश्मा मानन्धर



पहिलोपोस्ट

एमालेमा प्रवेश गर्ने बारेमा ओलीसँग कुरा भएको छैन : करिश्मा मानन्धर

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर यतिखेर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका कारण चर्चामा छिन्।

केही समयअघि भएको कक्षा १२ को परीक्षामा सहभागी भएकी करिश्मालाई ओलीले फोन गरेर शुभकामना दिएका थिए। त्यही बेला दुवैबिच समय मिलाएर भेट्ने कुरा भएको थियो।

दशैंको अन्तिम दिन भने करिश्मा ओली निवास बालकोट पुगेकी हुन्। उनीसँगै एमाले सांसद कोमल वली र कलाकार जितु नेपाल थिए।

सामाजिक संजालमा करिश्माले ओलीसँग भेटेको तस्विर राखेपछि उनी पुन: राजनीतिमा आउन लागेको त होइन भनेर चर्चा भइरहेको छ। कतिपयले उनी एमालेमा प्रवेश गर्न लागेको अनुमान गरेका छन्।

करिश्मा मानन्धरले यसअघि बाबुराम भट्टराईको 'नयाँ शक्ति' मा रहेर राजनीतिक करियर सुरु गरेकी थिइन्। तर पछि भने उनले पार्टी नै परित्याग गरेकी थिइन्।

अहिले ओलीसँगको भेटका कारण सामाजिक संजालमा भइरहेको चर्चाबिच करिश्माले आफू एमालेमा प्रवेश गर्न नलागेको बताएकी छिन्।

'उहाँसँगको भेट सामान्य हो। भेटघाटमा पार्टी प्रवेशबारे कुनै कुराकानी भएको छैन' उनले भनिन्।

करिश्माले बुधवार ओलीलाई भेटेको तस्विरहरु सेयर गर्दै विविध विषयमा ओलीका विचारहरु सुन्न पाउँदा निकै आनन्द लागेको उल्लेख गरेकी थिइन्।

बुधवारको भेटमा ओलीलाई 'मुन्द्रेको कमेडी क्ल्ब' मा अतिथिका रुपमा निम्तो दिइएको थियो। करिश्मा कमेडी क्लबको अध्यक्ष र जितु संञ्चालकका रुपमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell