PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

एमालेको स्थायी कमिटी बैठक च्यासलमा, यी ५ एजेण्डामा हुँदै छलफल



पहिलोपोस्ट

एमालेको स्थायी कमिटी बैठक च्यासलमा, यी ५ एजेण्डामा हुँदै छलफल
FILE PHOTO

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा सुरु भएको छ। आजको बैठकमा वडा अधिवेशन, पालिका अधिवेशन र राष्ट्रिय अधिवेशनका बारेमा छलफल गर्ने एजेण्डा छ।

विधान महाधिवेशनको समीक्षा गर्नका लागि बोलाइएको बैठकमा कात्तिक ६ गतेका लागि तोकिएको वडा अधिवेशन र ९ गतेका लागि तोकिएको पालिका अधिवेशनको मिति हेरफेर गर्नेबारेमा छलफल हुने स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। बाढी पहिरोका कारण कतिपय जिल्लामा आवतजावत नै ठप्प भएकाले त्यहाँको अधिवेशन सार्नुपर्ने नेम्बाङले बताए।

'कतिपय ठाउँमा त अहिले बाडीले ठप्पै छ। त्यहाँ त नसारेर भएन। त्यहाँ त हुन सक्दैन,' उनले भने।

अध्यक्ष केपी शर्मा ओलीले वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट देशभर एकैसाथ सम्बोधन गर्ने तयारी थियो। तर, अब भने सबै ठाउँमा एकसाथ अधिवेशन नहुने नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell