PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

थप ५ सय ४५ जनामा कोरोना संक्रमण, ७ सय २६ जना संक्रमणमुक्त



पहिलोपोस्ट

थप ५ सय ४५ जनामा कोरोना संक्रमण, ७ सय २६ जना संक्रमणमुक्त

काठमाडौः पछिल्लो २४ घण्टामा थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

८ हजार ५ सय ४९ जनाको परीक्षण गर्दा ५ सय ४५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै सोही समयमा ७ सय २६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ३ सय १५ रहेको छ।

२४ घण्टाको अवधिमा संक्रमण भएकामध्ये ८ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर कोरोना संक्रमण भएका ११ हजार ३ सय २६ जनाको मृत्यु भइसकेको छ।

सोही अवधिमा  २३ हजार ५ सय ६८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell