PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

बाढी पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४१ जना अझै बेपत्ता



रासस

बाढी पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४१ जना अझै बेपत्ता
फाइल फोटो।

काठमाडौं : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी प्रदेश-१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो।

प्रहरीले दिएको विवरणअनुसार प्रदेश-१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ।

बाढी पहिरोमा परी प्रदेश-१ मा १३, प्रदेश-२ मा एक, लुम्बिनीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्त बहादुर कुँवरले जानकारी दिए।

बाढीका कारण दुई हजार २३२ वटा घर डुबानमा परेका छन्। बाढी पहिरोले ४९ घर, आठ गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको।

अहिलेसम्म १३९ पशु चौपायको मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ परिवार विस्थापित भएका छन्।

साथै, बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा सार्ने र पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ। विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य पनि जारी रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell