PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

नेपाली यू २३ फुटबल टोलीले आज इन्डोनेसियाको सामना गर्ने



पहिलोपोस्ट

नेपाली यू २३ फुटबल टोलीले आज इन्डोनेसियाको सामना गर्ने

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज इन्डोनेसिया यू २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल पौने छ बजे ताजकिस्तानको गास सेन्ट्रल स्टेडियममा सुरु हुनेछ।

खेलका लागि नेपाली टोली अक्टोबर १९ मा ताजकिस्तान प्रस्थान गरेको थियो।

यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्। नेपालले अक्टोबर २५ मा इरानसँग, अक्टोबर २८ मा ताजकिस्तानसँग र अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell