PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

चीनले आक्रमण गरे ताइवानको साथमा अमेरिका हुनेछ : राष्ट्रपति बाइडेन



पहिलोपोस्ट

चीनले आक्रमण गरे ताइवानको साथमा अमेरिका हुनेछ : राष्ट्रपति बाइडेन
Photo : Getty Images

अमेरिकी राष्ट्र जो बाइडेनले चीनले आक्रमण गरे आफूहरु ताइवानको साथमा रहने बताएका छन्। टाउनहलमा आयोजित एक कार्यक्रममा उनले चीनले ताइनवानमाथि कब्जा गरे अमेरिका ताइवानको साथमा खडा हुने बताएका हुन्।

ताइवान र चीनबिच पछिल्लो समय विवाद उत्‍कर्षमा पुगेको छ। चीनले दर्जनौं विमानहरु ताइवानी आकाशमा उडाएपछि विवाद बढेको हो। ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै  आएको छ। चीनले भने ताइवान आफ्नै देशको क्षेत्र भएको भन्दै इतिहास नभुल्न चेतावनी दिँदै आएको छ।

चीनले ताइवानमाथि आक्रमण गरे के गर्ने भन्ने बारेमा अमेरिकाले रणनीति बनाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell