काठमाडौं : कीर्तिपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
कीर्तिपुर नगरपालिका-५ चारधारे नजिकैको पोखरीमा डुबेर सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका-३ घर भएका सुजन लामाको छोरा ५ वर्षीय सुदिन लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बिहीबार पोखरीमा डुबेर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
