PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

धुलिखेल पुगेर जिपलाइनमा रमाए प्रचण्ड

धुलिखेल पुगेर जिपलाइनमा रमाए प्रचण्ड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेलमा जिपलाइन गरेका छन्। आज धुलिखेल जिपलाइन रिसोर्ट पुगेर उनले जिपलाइन गरेका हुन्।

नाति नातिनी सहित धुलिखेल पुगेका प्रचण्डले आफैले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । जिपलाइन गरेपछि प्रतिक्रिया दिँदै उनले आफूलाई यो सहासिक गतिविधि गर्न निकै मज्जा आएको बताए।

काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो।

बिहीवार उनी रिफ्रेस हुन सुकुटे पुगेका थिए। राजनीतिक कार्यक्रमा व्यस्त रहने उनी केही दिन आरामका लागि सुकुटे पुगेका थिए। उनले त्यहाँ र्‍याफ्टिङ समेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell